२०८३ जेष्ठ ३० गते शनिवार

तुलसीपुरकै चिरपरिचित टरिगाँउ र सक्सेस ‘हिरा कप’को उपाधिका लागि भिड्ने भए

टरिगाँउका खेलाडी चेतन कडायतले एक्लै ३ गोल हाने


तुलसीपुर, कात्तिक । टरिगाँउ युवा क्लब तुलसीपुर १२ र सक्शेस फुटबल क्लब तुलसीपुर तुलसीपुरमा जारी प्रथम ‘हिरा डाँगी स्मृति कप’ खुला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । प्रतियोगिताको फाइनल खेल मंगलबार दिउँसो दुई बजेदेखि अरनिको मैदानमा सुरु हुने छ ।

सोमबारको दोस्रो सेमिफाइनल खेलमा साहारा क्लब लखनउलाई ० विरुद्ध ४ गोलको फराकिलो अन्तरले पराजित गर्दै टरिगाँउले फाइनल प्रबेश गरेको हो । आइतवार नै सक्शेस फुटबल क्लबले सेमिफाइनल खेलमा युएनबिसी घोराहीलाई ० विरुद्ध २ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

सोमबार दिउँसो अरनिको खेल मैदान तुलसीपुरमा भएको खेलको १२औं मिनेटमा टरिगाँउका जर्सी नं. ११ का खेलाडी चेतन कडायतले पहिलो गोल गरेका थिए । इण्डियाको साहारालाई सुरुदेखि नै दबाबमा राख्दै आएको टरिगाँउका लागि जर्सी नं. ९ का अर्जुन नेपालीले खेलको ३७ आंै मिनेटमा दोस्रो गोल थपेका थिए ।

त्यस्तै लगालग खेलको ७१औं र ७९आंै मिनेटमा जर्सी नं. ११ का चेतन कडायतले थप दुई गोल गर्दै टिमलाई ४–० को जित दिलाउन सफल भए । खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने चेतन कडायत पहिलो गोलकर्ता संगै ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद ३ हजार ५ सय पुरस्कार प्राप्त गरे ।

जारी प्रतियोगिताको उपाधिका लागि सोमबार दिउँसो तुलसीपुरकै चिरपरिचित टिमहरु भिड्न लागेका हुन ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख २५ हजार पुरस्कार, दृतिय हुने टिमले नगद ६० हजार, कप ,मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै ब्यक्तिगत बिधा तर्फ वेष्ट प्लेयर,बेष्ट किप्पर, बेष्ट डिफेन्स,बेष्ट मिड फिल्डर, हाई स्कोरर, बेष्ट कोच, बेष्ट मार्चपास गर्ने टिमलाई जनही ५ हजार र ट्रफी प्रदान गरिने भएको छ ।

‘हिरा डाँगी फाउन्डेसन’ तुलसीपुर ५ को आयोजनामा कात्तिक १० गते बाट सुरु प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *