२०८१ माघ ३० गते बुधवार

शहीद स्मारक ए डिभिजन लिग : मनाङद्वारा पुलिस पराजित

पुस ८ ।   शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले विभागीय टोली पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दशौँ जित दर्ता गराएको हो ।

मनाङको जितमा विदेशी खेलाडी आडेलाजा सोमिडेले गोल गरे । उनले खेलको ५३औँ मिनेटमा हेमन गुरुङको पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरे । खेलमा मनाङका कप्तान विराज महर्जन ‘म्यान अफ दि म्याच’ घोषित भए । जितसँगै मनाङले १० खेलबाट अपराजित रहँदै ३० अङ्क जोडेको छ । पराजित पुलिस १५ अङ्कसहित लिगको पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : २०७५ पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *