२०८२ बैशाख ११ गते बुधवार

बार्सिलोनाको गोल वर्षा, मेस्सीको ह्याट्रिक

पुस २ । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लेभान्टेमाथि गोलको वर्षा गरेको छ । आइतबार राति भएको खेलमा उसैको घरेलु मैदानमा लेभान्टेलाई बार्सिलोनाले ५–० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गोल गरे । त्यस्तै, लुइस स्वारेज र जिरार्ड पिकेले समान १–१ गोल गरे ।

खेलको ३५औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ४३औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई दोब्बर अग्रता दिलाएका थिए । खेलको ४७औं र ६०औं मिनेटमा मेस्सीले गोल गर्दै ह्याट्रिक गोल पूरा गरेका हुन् ।

खेलको ७६औं मिनेटमा लेभान्टेका इरिक काबकोले रर्ड कार्ड खादै मैदान छाडेपछि १० खेलाडीमा सीमित भएको थियो । खेलको ८८औं मिनेटमा पिकेले गोल गरेपछि बार्सिलोनाले खेल ५–० गोलले जितेको हो ।

त्यस्तै, आइतबार राति नै भएका अन्य खेलमा सेभिल्लाले गिरोनालाई २–० गोलअन्तरले पराजित गर्दा रियल बेटिसले स्पानियोललाई ३–१ गोलअन्तरले पराजित गरेको छ । त्यस्तै, भिल्लारियल र हुइस्का भने २–२ गोलको बराबरी खेलेका छन् ।

जितसँगै लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको १६ खेलबाट ३४ अंक भएको छ । यता, लिगो दोस्रो स्थानमा रहेको सेभिल्लाको १६ खेलबाट ३१ अंक रहंदा लिगको तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको पनि समान खेलबाट ३१ अंक नै रहेको छ । रियल मड्रिड भने १६ खेलबाट २९ अंक बनाएर लिगको चौथो स्थानमा छ ।

प्रकाशित मिति : २०७५ पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *