मङ्सिर २६ ।
दाङको तुलसीपुरमा प्रथम दुधेना कप फुटबल प्रतियोगिता २०७५ आज सकिएको छ । दुधेना फुटबल क्लव तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ को आयोजनामा सञ्चालन गरिएको प्रतियोगिताको आज भएको फाइनल खेलमा सक्सेस फुटबल क्लबले कासिपुर फुटबल क्लबलाइ २ – ० गोलले पराजित गर्दै सक्सेस फुटबल क्लबले प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।
उपाधि जिते संगै क्लबले रु पचास हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता हुने कासिपुर फुटबल क्लबले रु पच्चीस हजार नगद सहित ट्रफी,मेडल,प्रमाणपत्र पाएको छ भने तेस्रो हुने एस.एस.एफ.ए. क्लबले रु पन्ध्र हजार नगद सहित मेडल, प्रमाणपत्र पाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी आशिस जिसी, उत्कृष्ट गोल रक्षक सन्तोष बुढाथोकी, बेस्ट डिफेन्स सन्तोष रावत त्यस्तै सर्बाधिक गोलकर्ता अर्जुन नेपाली घोषित भएका छन।
प्रतिनिधि सभाका सदस्य हिराचन्द्र केसीको प्रमुख आतिथ्यतामा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । तुलसीपुर–९ रहेको गौरीचौर खेल मैदानको व्यवस्थापन तथा ग्रामीणस्तरमा खेलकुदको अभिवृद्धिसँगै नयाँ पिढीलाई फुटबल खेलमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।