२०८१ बैशाख ६ गते बिहिवार

बार्सिलोनाले जिरोनाविरुद्धको खेल अमेरिकामा खेल्ने योजना रद्द

मङ्सिर २५ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत जिरोनाविरुद्धको खेल अमेरिकामा खेल्ने योजना रद्द गरेको छ । जनवरीमा जिरोनाविरुद्धको खेल अमेरिकाको मायामीमा खेलाउने भने पनि सबैपक्षको सहमति नजुटेको भन्दै बार्सिलोनाले यो योजना कार्यान्वयन नगर्ने भएको हो । बार्सिलोनाको योजनामा ला लिगाकोसमेत सहयोग थियो । तर, स्पेनिस फुटबल संघ र खेलाडी संघ भने यसको विपक्षमा थिए । बार्सिलोनाले यो प्रस्ताव फिर्ता लिएको जनाएको छ ।

‘यो परियोजना सबै पक्षको सहमति विना सम्भवन छैन,’ विज्ञप्तिमा बार्सिलोनाले भनेको छ । ला लिगाले मिडिया कम्पनी रिलेभेन्टसँग सिजनको एउटा खेल मायामीमा खेलाउनले १५ वर्षको सम्झौता गरेको थियो । जसमा गिरोना र बार्सिलोनाले हार्ड रक स्टेडियममा खेल्नका लागि सहमति जनाइसकेका थिए । एजेन्सी

प्रकाशित मिति : २०७५ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *