२०७७ कार्तिक १३ गते बिहिवार

मनाङ मर्स्याङ्दी लगातार सात खेलमा विजयी

मंसिर २४ । शहीद स्मारक ए डिभिजन लिग फुटबल खेलमा मनाङ मर्स्याङ्दी क्लब सातौ खेलसम्म पनि आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार सम्पन्न खेलमा मनाङले मछिन्द्र क्लबलाई १-० गोलको कठिन जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो । मनाङको जितमा अफिज ओलावालेले निर्णायक गोल गरे ।

खेलको ५९ औं मिनेटमा दोणा थापाको स्थानमा मैदानमा प्रवेश गरेका ओलावालेले खेलको ८५ औं मिनेटमा गोल गर्दै मनाङलाई जित दिलाएका हुन् । जितसँगै मनाङले दोस्रो स्थानमा रहेको थ्रीस्टारसँगको अंक दूरीलाई तीनमा पुर्‍याएको छ । लिगको शीर्ष स्थानमा रहेको मनाङको सात खेलबाट शतप्रतिशत नतिजासहित २१ अंक भएको छ । दोस्रो स्थानमा रहेको थ्रीस्टारको समान सात खेलबाट १८ अंक रहेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *