२०८० चैत्र ६ गते मङ्गलवार

फुटबल खेलाडी रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण


असोज २७ । पोर्चुगल तथा इटालीयन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको छ। संक्रमण भएसँगै रोनाल्डोलाई पोर्चुगलको राष्ट्रिय टिमबाट अलग गर्दै होम आइसोलेसनमा पठाइएको छ।

३५ वर्षीय रोनाल्डोलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको पोर्चुगिज फुटबल फेडेरेसनले जनाएको छ। पोर्चुगिज टिमका अन्य खेलाडीलाई भने कोरोना परीक्षणमा नेगेटिभ नतिजा आएको छ।

रोनाल्डो हाल युइएफए नेसन्स लिग खेल्नका लागि राष्ट्रिय टिममा समावेस थिए। यसअघि रोनाल्डोले सोमबार फ्रान्सविरुद्ध खेलेका थिए। सो खेल गोलरहित बराबरीमा सकिएको थियो।

पोर्चुगलले नेसन्स लिगमा बुधबार राति स्विडेनविरुद्ध खेल्दैछ। समूहमा पोर्चुगल ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको फ्रान्सको पनि ७ अंक नै छ। क्रोएसियाको ३ अंक छ भने स्विडेन अंकबिहीन छ। एजेन्सी

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *