२०८१ माघ २६ गते शनिवार

टी–२० महिला विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई

वेस्ट इन्डिजमा भएको आइसीसी टी–२० महिला विश्पकप क्रिकेट प्रतियोगिताको उपाधि अस्ट्रेलियाले जितेको छ । आइतबार बिहान (स्थानीय समय अनुसार शनिबार राति) भएको फाइनल खेलमा इङ्ल्याण्डमाथि ८ विकेटको जित हात पार्दै अस्ट्रेलियाले चौथो पटक टी–२० महिला विश्पकपको उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्याण्डको महिला टोलीले १९.४ ओभरमा अलआउट हुँदै १०५ रन बनाएको थियो । १०६ रनको लक्ष्य अस्ट्रेलियाको महिला टोलीले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो । 

सेमिफाइनलमा अस्ट्रेलियाले पूर्व विजेता टोली वेस्ट इन्डिजलाई र इङ्ल्याण्डले भारतलाई पराजित गरी फाइनलमा पुगेका थिए । सन २००९ बाट सुरु भएको टी–२० महिला विश्पकप को यो छैटौं संस्करण हो । ६ मध्ये यो सँगै अस्ट्रेलियाले ४ पटक उपाधि जितेको छ । इङ्ल्याण्ड र वेस्ट इन्डिजले एक–एक पटक उपाधि जितेका छन् ।

 

 

 

 

प्रकाशित मिति : २०७५ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *