२०८१ माघ १३ गते आइतवार

महारानी एलिजाबेथको अन्त्येष्टि आज

एजेन्सी ,असोज ३ । गत साता मृत्यु भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि आज हुने भएको छ ।महारानी एलिजाबेथको एक घण्टा लामो राजकीय अन्त्येष्टि आज लन्डनको वेस्टमिन्स्टर एबेमा हुनेछ ।

विश्व नेता, बेलायतको शाही परिवार, यसका राजनीतिक अभिजात वर्ग र सेना, न्यायपालिका र परोपकारी संस्थाका सदस्यहरू अन्त्येष्टिमा सामेल हुनेछन् ।

महारानी एलिजाबेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि चाल्र्स तृतीय बलायतको नयाँ राजा बनेका छन् ।

नेपालप्रति चासो राख्ने दिवंगत बेलायती महारानी एलिजाबेथ द्वितीय दुई पटक नेपालको राजकीय भ्रमणमा आएकी थिइन् । सन् १९६१ फेब्रुअरीमा तत्कालिन राजा महेन्द्रको निमन्त्रणामा पहिलोपटक नेपाल भ्रमणमा आएकी थिइन् ।

यस्तै उनी, सन् १९८६ मा दोस्रोपटक नेपाल भ्रमण आएकी थिइन् । यसपटकको उनको भ्रमण तत्कालिन राजा वीरेन्द्रको निमन्त्रणामा थियो ।

प्रकाशित मिति : २०७९ असोज ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *