२०८२ चैत्र २ गते सोमवार

अमेरिकाले उल्ट्यायो गर्भपतन सम्बन्धी पाँच दशक पुरानो कानुन

काठमाडौं,असार १३ । अमेरिकी उच्च अदालतले गर्भपतनलाई कानुनी मान्यता दिने पाँच दशक पुरानो फैसलालाई उल्टाइदिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सर्वोच्चको यो फैसलालाई गम्भीर गल्ती भनेर टिप्पणी गरेका छन् । सर्वोच्चको फैसलाविरुद्ध अमेरिकाका विभिन्न शहरहरुमा विरोध प्रदर्शन भइरहेको छ ।

साथै गर्भपतनको सेवा दिंदै आएका क्लिनिकहरु बन्द हुन थालेको जनाएको छ ।

यसअघि अमेरिकामा गर्भपतनको कानुनी अधिकार थियो । महिलालाई गर्भपतनबारे निर्णय लिने संवैधानिक हक थियो । सो ५० वर्ष पुरानो सो कानुनी अधिकार सर्वोच्चले उल्टाइदिएको हो ।

यससँगै महिलालाई गर्भपतनको कानुनी हक हुने कि नहुने भनेर अमेरिकी राज्यहरुले आ-आफ्नै अलग नियम बनाउन सक्ने छन् ।

अमेरिकाका धेरैजसो राज्यहरुले गर्भपान कानुनलाई लिएर नयाँ प्रतिबन्ध लागू गर्न सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । अमेरिकाका १३ राज्यहरुले यसअघि नै गर्भपतनलाई गैरकानुनी मान्ने यस्तै कानुन बनाइसकेका छन् ।

प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *