२०८२ माघ २८ गते बुधवार

अफगानिस्तान भूकम्पमा परी मृत्यु हुनेको संख्या ९ सय २० पुग्यो

एजेन्सी । बुधबार बिहान अफगानिस्तानको पाक्टिकामागएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ।

भुकम्पमा ९ सय २० जनाको मृत्यु भएको तथा थप ६ सय १० जना घाइते भएको विपद् व्यवस्थापन अधिकारीले जनाएका छन्।

भूकम्प ६।१ म्याग्निच्युड भएको जनाइएको छ। भूकम्पको केन्द्रविन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिन्हवाका अनुसार सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका प्रान्तको बर्माल, जिरुक, नाका र गायन जिल्लामा परेको छ। भूकम्प प्रभावित क्षेत्रमा हेलिकप्टर र उद्धार टोली पुगेका छन्। छिमेकी प्रान्त खोस्टमा पनि मानिसको मृत्यु भएको छ।

भूकम्पको कारण यस क्षेत्रका दर्जनौं घरमा क्षति पुर्‍याएको छ भने पक्टिका प्रान्तमा पहिरो गएको स्थानीय स्रोतले जनाएको छ।

प्रकाशित मिति : २०७९ असार ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *