२०८२ जेष्ठ ११ गते शुक्रवार

रुसको महत्वपूर्ण लडाकु पानी जहाज गम्भीर रुपमा क्षतिग्रस्त

काठमाडौं,बैशाख १ । रुसी लडाकु पानी जहाजमा गम्भीर क्षति पुगेको छ।

युक्रेन युद्धका लागि बिस्फोटक पदार्थसहित तैनाथ भएको मोस्क्भा नाम गरेको लडाकु पानी जहाज ‘गम्भीर रुपमा’ क्षतिग्रस्त भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

यसअघि युक्रेनी अधिकारीले ब्ल्याक सी मा रहेको रुसी लडाकु पानी जहाज आफ्ना सैनिकले प्रहार गरेको रकेटको निशानामा आएको बताएको थियो ।

रुसी रक्षा मन्त्रालयका अनुसार लडाकु पानी जहाजमा फसेका आफ्ना सुरक्षाकर्मीहरुको उद्धार गरिएको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पानी जहाजमा रहेको बिस्फोटक पदार्थ पड्किएपछि आगलागी भएको थियो । त्यसपछि त्यहाँ रहेकाहरुको उद्धार गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको हो ।

हाल बिस्फोटका कारण गम्भीर रुपमा क्षतिग्रस्त भएको पानी जहाजलाई युद्धको सुरुवातमै स्नेक आइल्याण्डमा युक्रेनी सैनिकले पराजित गरेका थिए ।

युक्रेनी राष्ट्रपतिका सहयोगी ओलेक्सी एरिस्तोभिचका अनुसार मिसाइल क्रुजसहितको पानी जहाजमा ५१० जना रुसी सैनिक रहेको बताएका छन् ।

सन् १९८० को दशकमा निर्माण भएको सो क्रुजर पानी जहाज युक्रेनको दक्षिणी शहर मिकोलाइभ नजिकै रहेका बेला मिसाइलको निशाना बनेर क्षतिग्रस्त भएको हो।

रुसले सबैको उद्धार गरिएको भने पनि हताहतीबारे भने केही उल्लेख गरेको छैन ।

प्रकाशित मिति : २०७९ बैशाख १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *