२०८३ बैशाख ११ गते शुक्रवार

युक्रेनमा भारतका एक विद्यार्थीको मृत्यु

काठमाडौं, फागुन १७ ।युक्रेनमा भारतका एक विद्यार्थीको मृत्यु भएको छ।

रुसी सैन्य आक्रमणका बीच युक्रेनको खार्किभमा दोहोरो भिडन्तमा गोली लागेर भारतीय छात्रको मृत्यु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले ट्वीटरमार्फत् पुष्टि गरेका छन्।

उनकाअनुसार मृतकको परिवार विदेश मन्त्रालयको सम्पर्कमा छ।

यसअघि भारतीय विदेश सचिवले रुसी र युक्रेनका दूतलाई सम्पर्क गरेर भारतीय नागरिकलाई सुरक्षित रुपमा उद्धार गर्न सहयोग मागेका थिए ।

दुबै देशमा रहेका भारतीय राजदूतले पनि नागरिक फिर्ताका लागि पहल गरिरहेका छन् ।

भारतीय विदेश मन्त्रालयले युक्रेनको राजधानी केइभ छाड्न आफ्ना नागरिकलाई फेरि अपिल गरेको छ । जे साधन भेटिन्छ त्यहीँ प्रयोग गरेर युक्रेन छोड्न भारतको अपिल छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *