२०८१ बैशाख १५ गते शनिवार

भारतमा भएको डुङ्गा दुर्घटनामा १६ को मृत्यु

नयाँ दिल्ली, माघ ८। भारतको कर्नाटकमा सोमबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेको डुङ्गामा २४ जना यात्रु रहेकोमा १६ जनाको शव भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । कर्नाटकको कार्वार क्षेत्रमा भएको दुर्घटनामा बेपत्ता भएकाहरुको उद्धारकर्मीहरुको टोलीले खोजी गरिरहेको छ ।

“दुर्घटनामा परी मृत्यु भएका मध्ये १६ जनाको शव उद्धारकर्ताहरुले भेट्टाएका छन्, अरुको खोजीका लागि संभावित ठाँउहरुहरुको पहिचान गरिएको छ,” सरकारी कार्यालयको आधिकारकि ट्वीटरमा लेखिएको छ ।

खोजी तथा उद्धारका लागि हेलिकोप्टर र अन्य विभिन्न उपकरणहरु पनि प्रयोग भइरहेको अधिकारीहरुको भनाई छ । एजेन्सी

प्रकाशित मिति : २०७५ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *