२०८० चैत्र १६ गते शुक्रवार

भारतमा एकैदिन १३ हजार बढीमा कोरोना संक्रमण, २१ बढी राज्यमा फैलियो ओमिक्रोन

काठमाण्डौ,पुस १५ । भारतमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण तीव्ररुपमा फैलिरहेको छ।

पछिल्लो २४ घन्टामा १३ हजार १५४ जनामा संक्रमण देखिएको समाचार आजतकमा छ। यो संख्या मंगलबारको तुलनामा ४३.१ प्रतिशत बढी हो।

मंगलबार ९ हजार १९५ जनामा संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य मन्त्रालयले जारी गरेको बुलेटिनमा पछिल्लो २४ घन्टामा सबैभन्दा बढी ३ हजार ९०० जना संक्रमित महाराष्ट्रमा देखिएका हुन्। दोस्रो नम्बरमा केरलामा २ हजार ८४६ जनामा संक्रमण पुष्टि भएको छ।

यसका साथै पश्चिम बंगलामा १ हजार ८९ जना,दिल्लीमा ९२३, तमिलनाडुमा ७३९ जनामा संक्रमण देखिएको छ। मुलुकमा यी ५ राज्यमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ।

पछल्लो २४ घन्टामा कोरोनाबाट थप २६८ जनाले ज्यान गुमाएका छन्। सबैभन्दा बढि केरलमा २११ जना र महाराष्ट्रमा २० जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। भारतमा हालसम्म कोरोनाबाट ४ लाख ८० हजार ८६० जनाले ज्यान गुमाइसकेका छन्।

कोरोना नयाँ भरियन्ट ओमिक्रोन संक्रमण पनि तीव्ररुपमा फैलिरहेको बताइएको छ। भारतमा हालसम्म ओमिक्रोन संक्रमण २१ बढी राज्यमा फैलिसकेको छ। कोरोना र ओमिक्रोन संक्रमण तीव्र रुपमा फैलिए पछि मुलुकका मुख्य सहरमा रात्रिकालीन कर्फ्यू लगाइएको छ।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *