२०८३ बैशाख ११ गते शुक्रवार

मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ काे मृत्यु

काठमाडौं,मंसिर २४ । मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको ज्यान जानुको साथै ५८ जना गम्भीर घाइते भएका छन् ।

मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा ट्रक पल्टिएको रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन् ।

गम्भीर घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ । ट्रकमा धेरैजसो होण्डुरसका आप्रवासी चढेका थिए ।

गरिबी तथा हिंसालगायतका कारण धेरैजसो आप्रवासी जोखिम मोलेर मेक्सिकोको बाटो हुँदै अमेरिका प्रवेश गर्ने गरेका छन्।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *