काठमाण्डौ,मंसिर २२ । बङ्गलादेशमा विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
२१ वर्षीय अब्रार फहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले बताए ।
सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका विद्यार्थी फहादको सन् २०१९ मा हत्या भएको थियो । उनको हत्या आरोपमा बङ्गलादेशले आज २० जनालाई मृत्युदण्डको सजाय सुनाएको जनाएको छ ।
मृत्युदण्डको सजाय सुनाइएकामा विश्वविद्यालयमा इन्जिनियरिङ र टेक्नोलोजी पढ्ने २० देखि २२ उमेर समूहका रहेका छन् । हत्या गरिएका फहाद पनि उनीहरूसँगै पढ्दै आएका थिए ।
प्रकाशित मिति : २०७८ मङ्सिर २२ गते बुधवार