२०८३ असार २८ गते आइतवार

भारतीय सुरक्षाकर्मीको गोली लागेर कम्तीमा ११ जनाको मृत्यु

काठमाण्डौ,मंसिर १९ । भारतको नागाल्याण्ड राज्यमा भारतीय सुरक्षाकर्मीको गोलीबाट कम्तीमा ११ नागरिक मारिएका छन् । नागाल्याण्डको मोन जिल्लास्थित तिरु र ओटिङ गाउँनजिकै सुरक्षाकर्मीको गोली लागेर ११ नागरिक मारिएका हुन् ।

उक्त घटनामा एकजना सिपाहीको मृत्यु भएको भारतीय सेनाले जनाएको छ। सो घटनामा आफ्नो सिपाहीको मृत्यु भएपछि सेनाले तत्काल छानबिनको आदेश दिएको छ। त्यहाँको राज्य सरकारले घटनालगत्तै अनुसन्धानका लागि उच्चस्तरीय टोलि पठाइसकेको बताएको छ।

सो घटना शनिबार साँझ म्यानमार सीमा नजिकै भएको आइतबार प्रकाशित भारतीय मिडियामा उल्लेख छ । सुरक्षाकर्मीको गोली लागेर अन्य दुई नागरिक घाइते भएको बताइएको छ। नागाल्याण्डका मुख्यमन्त्री नेइपिउ रियोले आइतबार दुर्भाग्यवश् भएको सो घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । रिपोर्टकाअनुसार आतंकवादी अपरेसनअन्र्तगत सुरक्षाकर्मी सो क्षेत्रमा खटिएका थिए ।

सोहि क्रममा अन्धाधुन्ध गोली चल्दा दुर्गाग्यवश ११ नागरिकको मृत्यु भएको बताइएको छ। सो घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले भारतीय मिडियासँग बताएका छन्।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *