२०७८ असोज ८ गते शुक्रवार

अमेरिकामा सन् २००१, सेप्टेम्बर ११ : त्यो दिन र त्यसपछि के भएको थियो ?

काठमाण्डौ,भदौ २६ । अमेरिकामा भएको आतङ्ककारी हमलाको आज २० वर्ष पूरा भएको छ । न्युयोर्क, भर्जिनिया र पेन्सिलभिनियामा २० औँ स्मृति दिवस मनाइँदैछ ।

यो दुर्घटनामा झण्डै तीन हजार जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा विभिन्न ७७ वटा देशका नागरिक थिए ।

संयुक्त राज्य अमेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए । अपहरणमा परेका विमान न्युयोर्क र वासिङ्टनका भवनमा ठोक्काइएको थियो ।

आक्रमणको एक महिना नबित्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुशले आक्रमणमा संलग्न अल कायदालाई उन्मुलन गर्न र ओसामा बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गरेका थिए ।

पछि सन् २०११ मा छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले लादेनलाई मारेको पुष्टि गरेका थिए । झन्डै दुई दशकपछि अमेरिकी सैनिक अफगानिस्तानबाट बाहिरिएका छन् ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *