एजेन्सीको सहयोगमा, साउन ३१ । अफगानिस्तानको राजधानी काबुलमा मुस्लिम अतिवादी विद्रोही समूह तालिबानका लडाकुहरू प्रवेश गरेका छन ।
सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार तालिबान लडाकुहरू अहिले काबुलको बाहिरी क्षेत्रमा पुगिसकेका छने ।
काबुल पस्नुअघि तालिबानहरूले नजिकैका दुई प्रान्तीय राजधानी पनि कब्जा गरेका थिए । आइतबार बिहानमात्रै उनीहरुले पूर्वी अफगानिस्तानको महत्वपूर्ण सहर जलालावाद कब्जामा लिएका थिए ।
उनीहरु आइतबार दिउँसो राजधानी काबुल पुगेका छन् । अब उनीहरू राजधानी काबुल कब्जा गर्ने उद्देश्यले अघि बढिरहेको समाचार एजेन्सिहरुले बताएका छन् ।
हप्ता दिनमा तालिबानहरुले लगभग देशका प्रमुख सबै सहर कब्जा गरि सकेका छन् ।
तर, आइतबार दिउँसो एक वक्तव्य जारी गर्दै तालिबानहरुले आफूहरू भिडन्त गर्नका लागि काबुल नपस्ने स्पष्ट पारेका छन् ।
शान्तिपूर्ण तरिका काबुल पस्नेबारे कुरा भइरहेको तालिबानको बक्तब्यमा उल्लेख छ । उनीहरुले कुनैपनि नागरिक र सैनिकहरू विरूद्ध आफूले बदला नलिने बताएका छन् ।
बरू उनीहरूलाई माफी दिने तालिबानको विज्ञप्तिमा मार्फत स्पष्ट पारेको छ ।
तालिवानमा ठूलो भिडन्त सुरु भएपछि अमेरिका, बेलायत, जर्मनी भारत लगायत मुलुक विशेष विमानमार्फत आफ्ना नागरिक फिर्ता लगि सकेका छन् । तर नेपाल सरकारले भने त्यहाँ कार्यरत नेपालीको उद्धार गर्न हालसम्म कुनै तयारी गरेको खवर सार्वजनिक भएको छैन ।
अफगानिस्तानमा कति नेपाली रहेका छन रु भन्ने यकिन तथ्यांक समेत सरकार संग छैन । तैपनि केही हजारको संख्यामा रहेको अनुमान गरिएको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता सेवा लम्सालले हालसम्म अफगानिस्तानमा रहेका नेपालीहरू सुरक्षित नै रहेको दाबी गरिन ।
त्यहाँ रहेका नेपालीको अवस्था नजिकबाट नियालिरहेको र नेपालीहरूको सुरक्षाका लागि विशेष जोड दिएइको लम्सालले बताइन ।