काठमाण्डौ,असार २३ । हैटीका राष्ट्रपति जोभेनल मोइसेको हत्या भएको छ । राष्ट्रपति मोइसेको घरमै हत्या भएको बीबीसीले जनाएको छ ।
केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । हत्या कसले गर्यो भन्ने खुलिसकेको छैन ।
राष्ट्रपति मोइसेकी श्रीमती घाइते भएका छन । मोइसे सन् २०१७ मा हैटीको राष्ट्रपति बएका थिए ।
प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार