एजेन्सि, जेठ १३ । दक्षिणी फ्रान्समा एउटा ह्वेल मृत फेला परेपछि त्यसको पोष्टमार्टम गर्न थालिएको छ ।के कारणले उक्त ह्वेल मरेको हो ? भनेर पत्ता लगाउन पोष्टमार्टम गर्न लागिएको अधिकारीहरुले जनाएका छन् ।
ह्वेललाई डोजरमा राखेर पोष्टमार्टमका लागि अस्पताल लगिएको थियो ।
हम्पब्याक ह्वेल प्रजातिको उक्त ह्वेल भूमध्यसागरको समुद्री किनारमा मृत भेटिनुलाई निकै दुर्लभ घटना मानिएको छ ।
भूमध्य सागरमा पहिलो पटक हम्पब्याक ह्वेल मरेको भेटिएको अधिकारीहरुले जनाएका छन् । उक्त ह्वेल सात मिटर लामो छ।
प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार