२०८३ भाद्र ११ गते बिहिवार

भारतले कोरोना भाइरस विरूद्धको औषधी बनायो 

नयाँ दिल्ली, जेठ ३ । भारतले कोरोना भाइरसविरूद्धको औषधी बनाएको दाबी गरेको छ। सोमबार भारतका रक्षामन्त्री राजनाथ सिंहले एक कार्यक्रममार्फत् कोरोना भाइरसविरूद्धको औषधिको सार्वजनिक गरेका हुन्।

कोरोनाविरूद्धको २- डिओक्सी-डि-गुल्कोज (२-डिजी) नामक औषधी डिफेन्स रिसर्च एन्ड डेभेलपमेन्ट अर्गनाइजेसन (डिआरडिओ) र डा. रेड्डीज मल्टिनेसनल फर्मास्युटिकल कम्पनी (डिआरएल)ले बनाएको हो।

यो औषधी प्रयोग गरेमा कोरोना भाइरसका संक्रमित छिट्टै निको हुने गरेको उनले विश्वास छ। अरू उपचारको तुलनामा यो औषधी प्रयोग गर्ने संक्रमित साढे दुई दिन अघि नै निको हुने कुरा आफूलाई जानकारी गराइएको उनले बताए।

साथै, अक्सिजनको निर्भरता पनि लगभग ४० प्रतिशतले कम भएको छ,’ रक्षामन्त्री सिंहले भने,’यो पाउडर फर्ममा भएको हुँदा यसको एक किसिमको विशेषता छ।’

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *