नयाँ दिल्ली, जेठ २ । भारतको राजधानी नयाँ दिल्लीमा एक साताको लागि लकडाउन लम्ब्याइएको छ। योसँगै दिल्लीमा चार पटक लकडाउन थपिएको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार जारी लकडाउनलाई मे २४ बिहानसम्मको लागि लम्ब्याउने घोषणा गरेका हुन्।
सुरूमा दिल्लीले अप्रिल १९ मा सप्ताहन्ता कर्फ्यू जारी गरेको थियो। तर त्यसको भोलिपल्ट देखिनै कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको भन्दै लकडाउन लम्ब्याइएको थियो।
पछिल्ला केही दिनयता दिल्लीमा कोरोना भाइरसका संक्रमित घट्न थालेका छन्। यद्यपी संक्रमित हुनेको संख्या ५ प्रतिशतभन्दा माथि नै छ।
यस्तै नया दिल्लीमा कोरोना संक्रमित निको हुने दर माथि जाँदैछ र पोजेटिभ हुने दर घट्दैछ। पछिल्लो २४ घण्टामा ६ हजार ५ सय नयाँ संक्रमित दिल्लीमा थपिए र पोजेटिभ हुने दर ११ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ।
प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार