
गाजा, जेठ २। इजरायल र गाजामा रहेका प्यालेस्टाइनी विद्रोही समूहबीचको रकेट हानाहान अहिले पनि जारी छ। अघिल्लो साताको सोमबारदेखि सुरू भएको रकेट हानाहान इजरायली सेना र गाजालाई नियन्त्रणमा लिएको विद्रोही समूह हमासले जारी राखेका छन्।
गाजामा रहेको एउटा १५ तले भवनलाई शनिबार निशाना बनाएर हवाई आक्रमण गरेको छ। अमेरिकी समाचार संस्था एसोसिएट प्रेस (एपी) र कतारी टेलिभिजन च्यानल अलजजिराको कार्यालय रहेको थियो ।
आक्रमण हुनभन्दा पहिला नै भवन छोड्न चेतावनी आएकाले उक्त भवनमा रहेका पत्रकारहरू सुरक्षित रहेको बताइएको छ।
आइतबार जरायली सेनाले हमास प्रमुखका घरमा आक्रमण गरेको छ।
इजरायलको आक्रमणमा परी अहिलेसम्म गाजामा १ सय ४९ जनाले ज्यान गुमाएका छन्। तीमध्ये ४१ जना बालबालिका रहेको बताइएको छ। इजरायलले आफ्नोतिर दुई बालबालिकासहित १० जनाको मृत्यु भएको जनाएको छ।एजेन्सी
प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार
