२०७८ जेष्ठ ४ गते मङ्गलवार

बिल गेट्स र मिलिन्डा गेट्सद्वारा सम्बन्ध विच्छेदको घोषणा

बैशाख २१। माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका छन ।

दम्पतीले २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका छन । बिल गेट्स र मिलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

विश्वकै धनी व्यक्तिमध्येका एक ६५ वर्षका बिल गेट्स र ५६ वर्षका मिलिन्डाको भेट माइक्रोसफ्ट कम्पनीमै भएको थियो । दुवैले सन १९९४ मा विवाह गरेका थिए । अलग भएपछि पनि दुवैले बिल एण्ड मिलिन्डा फाउन्डेसनको काम भने जारी राख्ने बताएका छन ।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *