नयाँदिल्ली, वैशाख ३। भारतमा बिहीबार एकैदिन भारतमा २ लाख १६ हजार ९ सय २ जना कोरोनाका संक्रमित थपिएका छन्।कोरोनाभाइरसको महामारी सुरू भएपछि पहिलो पटक भारतमा एकैदिन यति धेरै कोरोना संक्रमित थपिएका हुन्।
अहिले भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख छ। अप्रिल १ मा संक्रमितको संख्या ६ लाख १५ हजारमात्र थियो।
एकैदिन दुई लाखभन्दा बढी संक्रमित थपिने भारत संसारकै दोस्रो मुलुक हो। भारतभन्दा पहिला संयुक्त राज्य अमेरिकामा एकै दिन ३ लाखभन्दा बढी संक्रमित थपिएका थिए।
बिहीबार भारतभर १ हजार १ सय ८४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। १० दिनअघि भारतमा कोरोनाबाट हुने दैनिक मृत्यु ५ सयभन्दा तल थियो।
भारतमा अहिलेसम्म १ करोड ४२ लाख मानिसमा संक्रमण भएको छ भने १ लाख ७४ हजारले ज्यान गुमाएका छन्।
प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार