२०८१ बैशाख १३ गते बिहिवार

भारतमा बितेको २४ घण्टामा ९३ हजार बढी नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं, चैत २२ । भारतमा बितेको २४ घण्टामा ९३ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतमा साढे ६ महिनापछि एकैदिन यति धेरै संख्यामा नयाँ संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि एक करोड २४ लाख नाघेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५१३ जनाको मृत्यु भएको छ । यो सँगै अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६४ हजार ६२३ पुगेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *