२०८१ जेष्ठ ११ गते शुक्रवार

बंगलादेशमा मोदी पुग्दा प्रदर्शन ,४ जनाको मृत्यु

दाङ, चैत १४ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिरोधमा बंगलादेशमा प्रर्दशन  भएको छ । उक्त प्रर्दशनका क्रममा प्रहरीको आक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

भारतीय प्रधानमन्त्री मोदी बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा दुई दिने भ्रमणका क्रममा शुक्रबार ढाका पुगेपछि प्रदर्शनहरु भएका थिए । 

शुक्रबार भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको आक्रमणबाट घाइते भएका उनीहरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बिबीसीले जनाएको छ । 

प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा प्रदर्शन भएपछि राजधानी ढाकाको बैतुल मुकरराम क्षेत्रमा भएको विरोध प्रदर्शन र  झडपमा परेर पत्रकारहरू समेत घाइते भएको बिबीसीले जनाएको छ । 

बंगलादेशी सञ्चारमाध्यामहरुका अनुसार स्थानीय हात्जारी मदरसामा भएको प्रार्थनापछि विरोध जुलुस निस्किएको थियो । 

झडपमा परि एक जना हिफाजात इस्लाम संगठनमा आवद्ध प्रदर्शनकारीहरूको पनि मृत्यु भएको छ। हिफाजात इस्लाम संगठनका नेता मुफीबुर रहमान हामिदीले प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको आरोप लगाएका छन् । तर,  त्यसबारे  बारे  स्वतन्त्र रुपमा पुष्टि हुन बाँकी छ । 

केही दिनदेखि ढाकामा धेरै मुस्लिम नेताहरु र वामपन्थी संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा प्रदर्शन गर्दै आएका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *