२०८१ माघ १३ गते आइतवार

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ३८ प्रदर्शनकारीको मृत्यु

फागुन २०। म्यानमारको सेनाले प्रदर्शनकारीमाथि दमन बढाएको छ। बुधबारमात्रै सेना र प्रहरीले चलाएको गोली लागे कम्तिमा ३८ जनाको मृत्यु भएको छ। फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि भएका प्रदर्शनमा एकैदिन यति धेरै मानिस मारिएको यो पहिलो पटक हो। मृत्यु हुने ४ जना बालबालिकासमेत रहेको बिबिसीले जनाएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बुधबारको प्रदर्शनमा सहभागी भएकाहरूमध्ये सयौंलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन्।

‘फेब्रअरी १ मा सेनाले सत्ता लिएपछि आज सबैभन्दा रक्तपातपूर्ण दिन भयो। आजमात्र ३८ मानिसले ज्यान गुमाए। कूपछि अहिलेसम्म ५० बढी मानिस मारिएका छन् र कैयौं घाइते भएका छन्,’ म्यानमारका लागि संयुक्त राष्ट्र संघका महासचिवकी विशेष प्रतिनिधि क्रिस्टिन स्च्रानर बर्जनरले भनिन्।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *