२०७७ मङ्सिर १७ गते बुधवार

फ्रान्समा दोस्रो चरणको लकडाउन सुरु


काठमाडौं, कात्तिक १३। फ्रान्समा कोरोना संक्रमण रोक्नको लागि दोस्रो चरणको लकडाउनको घोषणा गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोले करिब नोभेम्बर (एक) महिनाभरि राष्ट्रव्यापी लकडाउन गर्ने घोषणा गरेका छन । राष्ट्रको नाममा सम्बोधन गर्दै लकडाउनको नयाँ प्रतिबन्धको बारेमा जानकारी दिएका छन ।

भोलिदेखि सुरु हुने लकडाउनमा अब अति-आवश्यक कामको लागि वा स्वास्थ्यमा समस्या आए मात्रै घरबाट निस्कन पाउने अनुमति हुनेछ । रेष्टुरेन्ट र बारलगायत अति-आवश्यक नभएका व्यवसाय बन्द हुने तर विद्यालय र कलकारखाना भने खुला रहनेछन् ।

फ्रान्समा गएको २४ घण्टामा ३६ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै फ्रान्समा सङ्क्रमितको संख्या १२ लाख ३५ हजार नाघेको छ ।अहिले सम्म ३५ हजार ७ सय ८५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *