असोज २२। ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५० लाख नाघेको छ । ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ६ सय ९४ पुगेको हो ।
बितेको २४ घण्टामा मात्रै साढे ३१ हजारमा कोरोना पुष्टि भएको बीबीसीले जनाएको छ । ब्राजिलमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण मृत्युको हुनेको संख्या झण्डै डेढ लाख पुगेको छ ।
त्यहाँ अहिलेसम्म १ लाख ४८ हजारभन्दा धेरैको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । सङ्क्रमितको हिसाबले ब्राजिलभन्दा अघि संयुक्त राज्य अमेरिका पहिलो र भारत दोस्रो स्थानमा छन् ।
प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार