काठमाडौं, असोज १५ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६३ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ६३ लाख १२ हजार ५८५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ८६ हजार ८२१ नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै भारतमा कोरोनाबाट अहिलेसम्म ९८ हजार ६७८ जनाको कोरोनाबाट मृत्यु भइसकेको मन्त्रालयले बताएको छ ।
प्रकाशित मिति : २०७७ असोज १५ गते बिहिवार