तुलसीपुर, असार २४ । नेपाल टेलिकममा आएको समस्याका कारण दुई घन्टा यता दाङमा फोन सेवा अवरुद्ध भएको छ ।
जस्ले गर्दा दाङका साथै सल्यान लगाएत आसपासका जिल्लाहरुको समेत फोन सेवा बिहान १० बजे भन्दा अगाडिदेखि अवरु भएको छ ।
उत्पन्न समस्या पहिचान गरि समाधान गर्न प्रादेशिक कार्यालय भैरहवाको प्राबिधिक टोली खटिएको जानकारी दिइएको छ । अघिल्लो महिना पनि दाङसहित आसपासका जिल्लाहरुमा नेपाल टेलिकमको फोन प्रयोगकर्ताहरुले यस्तै समस्या झेल्नु परेको थियो ।
प्रकाशित मिति : २०८१ असार २५ गते सोमवार