२०८१ चैत्र ३ गते आइतवार

नेपाल टेलिकमले एचडी भ्वाइससहितको नयाँ सेवा सुरु गर्यो

काठमाडौं, जेठ ३ । नेपाल टेलिकमले नेपालमै पहिलो पटक आजबाट फोरजीमा आधारित भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण सुरु गरेको छ । परीक्षणको रुपमा सञ्चालनमा आएको यो सेवा सुरुवाती चरणमा केही सीमित मोबाइल सेटहरुमा मात्रै चल्ने टेलिकमले जनाएको छ ।

यो सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइससहित ग्राहकहरुले सेवामा गुणस्तर थपिएको महसुस गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ । टेलिकमको यो सेवा प्राप्त गर्न मोबाइल भिओ एलटीई सपोर्ट गर्ने खालको हुनुपर्छ ।

भिओ एलटिई सेवा सुरु गर्नलाइ मोबाइलमा *४४४#डायल गर्नुपर्छ । त्यसपछि आउने निर्देशनअनुसार सेवा सुरु गर्न सकिन्छ । त्यसपछि मोबाइलको सेटिङमा गएर भिओ एलटिई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्छ ।

त्यसपछि *१११# डायल भयो भने भ्वाइस ओभर (भिओ) एलटिई सेवा उपयोग गर्न सकिन्छ । यो एकपटक एक्टिभ भएपछि २८ दिनसम्म जम्मा १०० मिनेट निःशुल्क सेवा प्राप्त गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *