२०७७ कार्तिक ४ गते मङ्गलवार

रुघाखोकी बाट बच्ने उपाय

रुघाखोकी नियमित आकस्मिकताको बिमारी नै हो । कसैलाई यसले धेरै च्याप्छ भने कसैलाई तुलनात्मक कम हुन्छ । रुघा लागेपछि सिँगान बगिरहने, नाक टालिने, सास फेर्न गाह्रो हुने गर्छ । कफ जमेको छ भने छाती गह्रौँ हुने गर्छ, खोकी लागिरहन्छ । खोकी धूम्रपान, दम, धुलो–धुवाँ आदि प्रदूषणका कारणले पनि लाग्छ । स्वस्थ मानिसलाई रुघाखोकी लागेमा मानिसलाई रुघाखोकी लागेमा हेरचाह गर्दा एक हप्ताभित्र ठीक हुन्छ । तर, लामो अवधिसम्म सुक्खा खोकी लागिरहेको छ, खोकीसँग ज्वरो छ, अझ खोक्दा मुखबाट रगत आउँछ भने त्यसलाई घरेलु उपचारले हुँदैन । स्वास्थ्यकर्मीको उचित सल्लाह आवश्यक हुन्छ ।

बिहान–बेलुकी सुत्ने वेलामा बाफ लिने गर्दा नाक टालिएको खुल्छ, कफ फुटेर निस्कन सहज हुन्छ । पिनास छ भने हाछ्यु गर्दा आफ्नै नाकमा कुनै दुर्गन्ध भएको थाहा हुन्छ । यस्तोमा पनि पानीको बाफले आराम गर्छ । शारीरिक व्यायामले पनि कफ निस्कन सहयोग गर्छ । यस्तोमा अलिअलि गर्दै तातो पानी पिइरहने, तातो रसदार खानेकुरा खाने, तर कफी वा रक्सी भने लिनु हुँदैन । रुघा लाग्दा कसैले सुँघ्ने (इन्हेलर) उपयोग गर्ने वा नाकमा मलम दल्ने गर्छन् । तर, फोक्सोलाई स्वच्छ राख्न यो ठीक तरिका होइन । मासु, तारेको खानेकुरा वा दुग्ध पदार्थले कफ बढाउने हुनाले रुघाखोकीका वेलामा नखानु उचित हुन्छ ।

  • तुलसीको पात सामान्य रुघाखोकीका लागि सबैभन्दा राम्रो उपचार हो । यसले भाइरसलाई समेत निष्क्रिय पार्छ ।
  • खोकी गढेको भए ज्वानो पकाएको पानी खानुपर्छ ।
  • ज्वानो र अदुवा हालेर उमालेको पानीको बाफ लिँदा नाक खुल्छ ।
  • पानको पातमा थोरै मह र अदुवा राखेर दिनमा दुई–तीन पटक खाँदा खोकी निको हुन्छ ।
  • लसुन हालेर उमालेको पानी खाँदा वा यसको पोटी मात्रै खाँदा पनि रुघाखोकीमा आराम हुन्छ ।
  • नुनपानीले दिनमा तीन पटक कुल्ला गर्दा छातीसम्बन्धी संक्रमणको सम्भावना ४० प्रतिशतसम्म कम हुन्छ ।

प्रकाशित मिति : २०७५ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *