२०७७ कार्तिक १५ गते शनिवार

कोरोना त्रास र मानसिक स्वास्थ्य

बिश्व स्वास्थ्य संगठनका अनुशार मानसिक स्वास्थ्य एउटा अवस्था हो । जसमा ब्यक्तिले आफूसंग भएको सामथ्र्यलाई महशुस गर्ने, जीवनमा आईपर्ने सामान्य तनाबलाई सामनागर्न सक्ने, उत्पादनशील काम गर्न सक्ने, आफ्नो क्षमता अनुसार परिवार र समाजको लागि योगदानगर्न हुन्छन् । मानसिक स्वास्थ्यले संबेगात्मक, मनोबैज्ञानिक र सामाजिक सुस्वाथ्यलाई समेटेको हुन्छ । यसले ब्यक्तिले कस्तो सोच्छ, महशुस गर्छ र क्रियाकलाप गर्दछ भन्ने कुरालाई प्रभाब पार्दछ । त्यसैले मानसिक रुपमा स्वस्थ्य ब्यक्तिले आफ्नो सोचाई ,भावना र ब्यबहारलाई समाजमा सबैले मान्यहुने ढंगले प्रकट गर्दछन ।

मन र समाज विचको तालमेल मिलेको अवस्थामा व्यक्तिमा कुनै समस्या हुदैन । यसलाई मनोसामाजिक सुस्वास्थ्य भनिन्छ । तर एउटा व्यक्ति समाजमा बसेको र हुर्केको हन्छ, उ संग त्यस समाज प्रतिको संस्कार, परम्परा, धर्म आपसी सम्बन्ध हुन्छ भने त्यसको साथ साथै उसको व्याक्तिगत भावना विचार, धारणा, बुझाई आदि पनि हुन्छ । यी दुई विचको सम्बन्ध नै मनोसामाजिक हो र यी दुई विच सन्तुलन हुन सकेन भने मनोसामाजिक समस्या उत्पन्न हुन सक्छ ।

दिपा धिताल, मनोबिमर्शकर्ता

मानसिक तनाबका कारण मानिसलाइ थुप्रै रोगहरु लाग्न सक्छन । डिप्रेसन, निराशापन, एन्जाइटिक डिसअडर, छटपटिको समस्या संगै निन्द्राको समस्या समेत हुन्छ । तनाबका समयमा मानिसहरुले लागु पदार्थ समेत प्रयोग गर्छन । अहिलेको कोरोना महामारीमा पनि धेरै जना एकैपटक प्रभावित हुन्छन र भइरहेको छन । समाजमा अफबाह जन्य कुराहरु फैलिएका कारण पनि अस्तब्यस्त जस्तै बनेको छ । आधारहिन हल्लाले मानिसहरुमा नकारात्क भावनाको बिकास हुन्छ भने  ब्यक्तिहरुको दैनिकी पुरै उथुलपुथल हुन्छ ।

यो अबस्थामा मानिसहरु सामाजिक, पारिवारिक, आर्थिक तथा मानसिक रुपले एकदमै दयनिय अबस्थामा हुन्छन । कतिपय घरका परिवारीक सदस्यहरु आइसुलेसनमा बसेको यो समयमा बिरामि आफै मात्र नभइ उनको परिवारलाइ तनाब भइरहेको छ । मानसिक रुपमा चिन्ता ,पिर छटपटि भइरहेको अबस्था छ । अहिले दिन प्रति दिन आत्म हत्याका घटनाहरु बढिरहेको अबस्था छ । मानिसहरुलाइ दिक्क लाग्ने, नरमाइलो लाग्ने, निराशा हुने, छटपटि हुने, अत्यास लाग्ने, ढुकढुकी बढ्ने हुन्छ । कतिपय अबस्थामा मान्छेलाइ मुटुकै समस्या भयो कि भन्ने पनि हुन्छ । हात खुटटा झमझमाउने पोल्ने कहिले यता कहिले यता दुखे जस्तो लाग्ने हुन्छ । यस्तो बेलामा जचाउन गयो रिपोटमा केहि पनि आउदैन यो सबै तनाबका कारणले हुन्छ ।

मानसिक तनाबबाट बच्ने उपायहरु 

मानसिक तनाबबाट बच्नको लागी शारीरिक स्वस्थ्य राख्नका लागी हामी ब्यायाम गरे जस्तै मन स्वस्थ राख्नका लागी पनि काम गर्नुपर्छ । आफ्नो बिचारलाइ कसरी स्वस्थ राख्ने ? मेरो बिचार कता तिर गैरहेको छ ? म आज कस्तो छु ? मेरो सोचाइ कस्तो छ ? म स्वस्थ्य छु कि छैन ? आज म खुसी छु कि छैन अलि तनाब पो छु कि यस्ता कुरा बेलाबेलामा याद गर्नु पर्छ । मेरो तनाब कस्तो खालको हो मेरो पारीवारीक हो कि ब्यबसायिक हो कि या जागीरको पो हो कि यसलाइ पत्ता लगाउनु पर्छ । यस्ता कुराको साथै निन्द्राको ब्यबस्थापन खानाको ब्यबस्थापन गर्न जरुरी छ ।

आफु र परिवारलाई बेला बेलामा मनोरन्जन दिन आबस्यक छ । आफुले आफुलाइ स्वस्थ्य र बलियो बनाउन मैले कुनै रमाइलो र खुसी हुने काम गरेको छु कि छैन भनेर आफुले आफुलाइ जांच्नु पर्छ । आधुनिकताले गर्दा ब्यक्तिवादी चिन्तन हाबी भएको छ दिन रात काम गर्ने गर्नाले एक दिन पनि मानिसलाइ फुर्सद छैन  । रातिमा काम गर्ने लाइ अझ बढि मानसिक तनाब हुनसक्छ । बेला बेलामा साथिभाइ,आफन्तसंग घुम्ने रमाइलो गर्ने गर्नुपर्दछ । बिदाको दिनमा आफ्नो कामको तनाव लिनु हुदैन । आफ्नो बिचारलाइ बेलबेलामा जांच गर्नुपर्दछ ।

यस्ता कुरालाइ ध्यान दिनेहो भने हामीमा एन्जाइटी, डिप्रेसनलगायतका समस्याबाट सजिलै बच्न सकिन्छ । तनाब बढि भएमा मानसिक रोग पनि लाग्न सक्छ । यस्ता समस्या देखिय भने मनोबिमर्शकर्ता कहां जानु पर्छ र त्याहा बाट समस्या समाधान हुन नसकेमा मानसिक रोग बिशेषज्ञहरु संग सल्लाहा लिनु पर्छ ।

हाम्रो समाजमा अहिले पनि मानसिक समस्यालाइ हेर्ने हेराइ गलत रहेको छ  

नेपालमा मानसिक समस्या भन्ना साथ एउटै कुरा बुझ्ने गर्छो त्यो हो पागलपन । जब सम्म ब्यक्ति र समाज यो समस्याबाट उठन सक्दैन तब सम्म यो समस्या रहिरन्छ । अहिले पनि मानसिक स्वास्थ्यलाइ समस्याको रुपमा हेरीएको अबस्था छैन । मानसिक समस्यालाइ लाज र घृणाको संज्ञा दिइरहेको छ । यसले समस्यामा परेको ब्यक्ति झन समस्या भोग्नु परेको छ । भने समाजले पनि कतैनकतै पिडा बोध गरेको हुन्छ ।  सबै भन्दा पहिले त मानसिक समस्या प्रति कोहि कतै पनि संबेदनसिल नभएको पाइन्छ यसले यो समस्यालाइ झनै मौलाएको देखिन्छ ।

मानसिक समस्या सामान्य देखि डर लाग्दा खालका पनि हुन सक्छन । मानसिक समस्यालाइ कहिले पनि लुकाउन, दबाउन हुदैन । अहिले हाम्रो समाजमा यो समस्याको रुपमा नलिनु र लिइ हाले पनि दबाएर राखिएको छ । यो समस्या लिएर गयो भने मलाइ के भन्नलान भन्ने सोच रहेको हुन्छ र यसलाइ लुकाएर राखिन्छ ।  भने परिवारीक सदस्यहरुले पनि यो रोग हैन यो समस्या आफै ठिक हुन्छ भनेर भन्दै जादा बिरामीले आत्म हत्या सम्म गर्न पुग्दछ ।

यसलाइ सुरुमा नै ध्यान दिनुपर्छ  कहिले सम्म यो समस्यालाइ लुकाएर राख्ने, समस्या परेपछि मात्र सचेतना अपनाउने हाम्रो हाम्रो परम्परालाइ बदल्नुपर्छ । बिरामीले पनि मैले यो समस्या डाक्टर तथा मनोबिमर्शकर्ताहरुको सहयोग लिए भने मेरो समस्या ठिक हुन्छ भन्ने सोच्न जरुरी छ । साथै म समाजको कुरा सुन्दीन, म अरुको कुरा सुन्दीन, मलाइ समस्या छ, म डाक्टर मनोबिदहरु संग सल्लाहा लिन्छु भनेर बिरमीले पनि हिम्मत गर्नजरुरी छ ।

त्यसो त अधिकार सहित घर छेउँमा आएको भनिएका स्थानिय सरकारहरले पनि आफ्ना मतदाताहरुको सुरक्षा र स्वास्थ्यका बारेमा ध्यान दिदै अहिलेको जटिल अबस्थामा मानसिक स्वास्थ्यका सवालमा काम गर्न जरुरी देखिन्छ ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *