तुलसीपुर, चैत १६ । तुलसीपुरका संचारकर्मी यज्ञबहादुर बुढाको ‘पर्खाइमा नेपाल आमा’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा गायक तथा संगितकार शेरबहादुर डाँगी र गायिका रोजिना बस्नेतको स्वर छ । शेरबहादुर नाताले गीतकार बुढाका ज्वाँइ हुन ।
देश काल परिस्थिती बोल्ने बुढाको गीत ‘ग्राफिक मिडिया स्टुडियो युट्युव च्यानलबाट’ सार्वजनिक गरिएको छ ।
रिपोर्टर्स क्लव नेपालमा शुक्रबार दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले गीत सार्वजनिक गरेका थिए ।
रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा कार्यक्रममा गीतकार बुढाले देशको समसायिक परिस्थिति र परिबेश गीतले बोलेको बताएका थिए ।
स्थानीय स्तरमै छायाँकण गरिएको गीतमा पनि सबै तुलसीपुर – ३ कै स्थानीय बालबालिका र महिलाले कला प्रस्तुत गरेका छन् । गीतमा तुलसीपुर – ३ का सुशान्त मल्ल, पवित्रा केसी, विजय मल्ल लगायतको मूख्य भूमिका छ ।
छायँँकनमा स्थानीय परिवेश र बिभिन्न ऋतुहरु सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।
गीतकार बुढाले आफू जन्मेको गाउँ ठाउँ चिनाउनको लागि स्थानीय स्तरमै छायाँकण गरिएको बताए ।
गीतका बारेमा इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख महेशकुमार गुरुङ, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, जनपत्रकार संगठनका प्रदेश संयोजक हेमन्तप्रकाश वलीलगायतकाले टिप्पनीहरु गरेका थिए ।
बक्ताहरुले भविश्यमा पनि यस्तै सृजना र रचनाहरु दिनका लागि शुभकामना दिएका थिए । गायक डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संचारकर्मी एचआर मगरले गरेका थिए ।
पूरा भिडियोका लागि यो हेर्नुहोस: https://m.youtube.com/watch?v=om36OcRsa1o