२०८१ चैत्र १२ गते मङ्गलवार

तुलसीपुर महोत्सवमा आज बिमता घर्ती, रमेशराज भट्टराई, इब्सल सन्ज्याल आउँदै

तुलसीपुर,फागुन ४ । दाङको तुलसीपुर महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुतीकरण रहने भएका छ ।

आज आइतबार चर्चित कलाकार बिमता घर्ती, रमेशराज भट्टराई, इब्सल सन्ज्याललगायतले प्रस्तुति दिने सांस्कृतिक समितिका संयोजक सन्तोष खड्काले जानकारी दिए ।

कार्यक्रम उद्घोषणको जिम्मेवारी वर्षा पाण्डे र माधव खत्रीले सम्हाल्नेछन्। साथै, स्थानीय कलाकारहरूद्वारा बेजोड प्रस्तुति पनि रहनेछ।

यस महोत्सवको संरक्षण तुलसीपुर उपमहानगरपालिकाले गरेको छ। आयोजक संस्थाका अनुसार महोत्सवले कृषि, पर्यटन र व्यापार प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

महोत्सव अवधिभर स्थानीय उत्पादन, हस्तकलाका सामग्री, कृषि उपकरण, व्यवसाय प्रवर्द्धन तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिने जनाइएको छ।

स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तारू भन्ने नाराका साथ तुलसीपुरमा दोस्रो कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८१ जारी छ ।

तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फाल्गुन १ देखि १६ गतेसम्म तुलसीपुर–६ हात्तिखौवामा महोत्सव सञ्चालन भैरहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *