दाङ ,पुस १२ । गायक ज्ञानेन्द्र स्वर्णकारको सुमधुर आवाजमा झोला भिरेर बोलको गीत सार्वजनिक भएको छ ।
यो गीत गायक स्वर्णकारले आफ्नै गुड भ्वाइस स्टुडियो नामक अफिसियल युटुब च्यानलबाट सार्वजनिक गर्नु भएको हो । संचारकर्मी प्रिया स्मृती गजमेरको शब्द रहेको यस गीतको संगीत स्वयम गायक स्वर्णकारको रहेको छ भने संगीत सन्तोष सुनामले गरेका छन ।
समय सान्दर्भिक र सन्देश मुलक गीत रहेको छ । यस गीतमा उमेर हुँदासम्म परदेश हिड्नु परेको, साहुको ऋण तिर्दैमा समय खर्चेको, देशमा बस्दै गर्दा चुल्हो बाल्न धौ भएको, घरखर्च चलाउनै मुस्किल भएको, उता ब्याजमा लिएको ऋणले गर्दा साहु बैंकले सताएको जस्ता मर्मस्पर्शी शब्द संयोजन भएका छन् ।
घरपरिवार छोडेर कसलाई परदेश हिड्न मन हुन्छर तर के गर्नु साहु महाजनको ऋणल गर्दा परिवारदेखि धेरै टाढा जानु पर्दाको बाध्यता यस गीतको शब्दले झल्काएका छन् ।
जेनतेन भएपनि आफ्नै घरखेत गरेर परिवारसंग रमाईरहेको एउटा युवा बाध्यताले घर छोड्न बाध्य बनाएको भाव यस गीतमा पोखिएको छ । सानो इलम गर्न सहकारी र बैंकसंग लिएको पैसाको ब्याज तिर्नकै लागि भएपनि युवा प्रदेश जान विवश हुने गरेको हिजआजको सत्य फरक घटनालाई पनि यस गीतमा समेटिएको छ ।
पछिल्लो समय त झन सहकारी र बैंकको पैसा लिएर तिर्न नसक्दा घरबार विहिन हुनु परेको, परिवार नै छिन्नभिन्न भएको र अन्तमा आत्महत्या जस्ता डरलाग्दा घटना घट्ने गरेको छ ति कुरालाई पनि गीतकारले शब्दमा उनेर गीतमा जोडेका छन् ।
गायक स्वर्णकारले आवाज दिनु भएको थुप्रै भाषाभाषीका गीतहरु छन जसलाई गुड भ्वाइस स्टुडियो नामक अफिसियल युटुब च्यानलमा हेर्न सकिन्छ ।
अब केहि दिनपछि संचारकर्मी प्रिया स्मृती गजमेरकै शब्द तथा ज्ञानेन्द्र स्वर्णकारको आवाजमा ए हजुर बुढो मान्छे म बोलको गीत स्रोता माझमा ल्याउने तयारी रहेको गायक स्वर्णकारले जानकारी दिनु भएको छ । यस गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोला ।