नेपाली फिल्म ‘बुलबुल’को पहिलो गीत आज सार्वजनिक गरिएको छ। उक्त गीतलाई फ्ल्यास मोब शैलीमा सार्वजनिक गरिएको हो।
फिल्म निर्माण युनिटले काठमाडौंको काठमाडौं मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्सबाट फ्ल्यास मोब शैलीमा गीत सार्वजनिक गरेको हो। काठमाडौं मलमा भने फिल्मकी नायिका स्वस्तिमा खड्काले नृत्य प्रस्तुत गरेकी थिइन्।
‘खुद्रा खाद्री माया’ बोलको यस गीतमा निश्चल बस्नेत र रजिना रिमालले स्वर दिएका छन । कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा कोरियोग्राफर भने कविराज गहतराजको रहेको छ ।
विनोद पौडेलको निर्देशनमा तयार भएको फिल्ममा नायिका स्वस्तिमा खड्का टेम्पो चालकको भूमिकामा रहेकी छन्। स्वस्तिमा संगै यसमा फिल्ममा मुकुन, बुद्धि तामाङ, दीपक क्षत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टी भट्टराईको पनि अभिनय रहेको छ।
हेर्नुहोस भिडियो