२०७९ मङ्सिर १६ गते शुक्रवार

जेवीका रेउले हात पारिन् तुलसीपुर डान्स आइडलको उपाधि


तुलसीपुर, मङ्सिर २। तुलसीपुर डान्स आइडलको उपाधि जेवीका रेउलेले हात पारेकी छन् ।

दंगिशरण–४ वैबाङका रेउले प्रथम स्थान हासिल गरेर नगद १ लाख पुरस्कार हात पारेकी हुन् ।

प्रतियोगी प्रतिष्पर्धिलाई पछि पारेर प्रथम भएकी रेउले नगदसहित तीन काटुन रारा चाउचाउ प्राप्त गरेको आयोजकले जनाएको छ ।

यस्तै डान्स आइडलको दोस्रो उपाधि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का सन्जु क्षेत्रीले हात पारेकी छन् । उनले नगद ५० हजारसहित दुई कार्टुन रारा चाउचाउ जित्न सफल भएकी छन् ।

यस्तै सल्यानको शारदा नगरपालिका वडा नम्बर १० का सन्ध्या रानाले डान्स आइडलको तेस्रो स्थान हासिल गर्न सफल भएकी छन् ।

उनले नगद २५ हजार र १ कार्टुन चाउचाउ प्राप्त गरेकी छन् । यस्तै तुलसीपुर-६ का जीवा बुढाथोकीले सान्तोना स्थाना हासिल गरी नगद ५ हजारसहित १ कार्टुन रारा चाउचाउ प्राप्त गर्न सफल भएकी छन् ।

यसैबिच प्रथम तुलसीपुर लोक साँस्कृतिक दोहोरी तथा लोक नृत्य कार्यक्रमको आज समापन गरिएको छ । असोज २८ गते शुरु भएको कार्यक्रम ३२ दिनपछि कात्तिक ३० गते बुधबार सकिएको हो ।

आयोजक संस्था मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीको अध्यक्षतामा कार्यक्रमको समापन गरिएको हो ।

क्लबका सचिव सरु ढकालको स्वागत मन्तव्यबाट शुरु भएको समापन कार्यक्रममा युवा नेता अनिल कार्की, स्वतन्त्र पत्रकार संघ दाङका अध्यक्ष जीतसागर जी.एम लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मानपत्रले सम्मान गरिएको छ ।

कार्यक्रमको सहजीकरण गायक तथा संचारकर्मी शान्तराम सेन्चुरीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.