२०८३ जेष्ठ २६ गते मङ्गलवार

बेलायतबाट नेपाली गीत सँगीतको माया कविताले ल्याइन ‘पहिलो माया’ बजारमा

प्रेम विवश घर्ती मगर,दाङ,असार २१ । कविता घर्ती मगर को पहिलो माया कौरा (चुट्का¬) गीत बजारमा आएको छ ।

सल्यान जिल्ला जन्मस्थान भई हाल करिव दुई दशक बढी बेलायतमा कर्म थलो बनाईरहनु भएको घर्तीले मगर सँस्कार र सँस्कृति झल्कने कौरा गीत बजारमा ल्याएकी हुन ।

भौतिक शरिर विदेशी भूमीमा भएपनी आफ्नो मगर र गुरुङ समुदायको र देशको कला, सँस्कार र सँस्कृतिलाई लाई संरक्षण गर्नु पर्छ भन्ने उद्देश्यले आफुले यो गीत दर्शक, श्रोता समक्ष लिएको उनले बताइन ।


अविनास थापा मगरको शब्द,गणेश गुरुङको लय, कविता घर्ती मगर र गणेश गुरुङको स्वर रहेको कौरा गीत मगर समुदायको मौलिकतामा आधारित रहेको छ ।

यो गीत बजारमा ल्याउदा आफूले वि।सं।२०२२ सालमा रेडियो नेपालमा प्रत्यक्ष भाग लिएर गाएको समेत स्मरण भएको गायिका घर्तीले बताइन ।

बेलायतमा रहेर पनि नेपाली गीत सँगीत र नेपाली कला ,सँस्कृतिको जगेर्णा गर्ने उद्देश्यले बेलायतमा एक मात्र सयपत्री नेपाली कल्चर ग्रुपको को स्थापना गरी सञ्चालन गरेको गायिका घर्ती मगरको भनाई रहेको छ ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *