२०७८ माघ १० गते सोमवार

चर्चित र्‍यापर आशिष राना पक्राउ

काठमाडौं, पुस १५ । चर्चित र्‍यापर आशिष राना पक्राउ परेका छन्।

‘लाहुरे’ नामले परिचित उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए।

उनलाई लागुऔषध मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी हिजो बेलुकी पक्राउ परेका हुन्।

‘एक जना लाहुरे भन्ने आशिष रानालाई हामीले लागु औषधको मुद्दामा ल्याएका छौं,’ प्रहरी उपरीक्षक थापाले भने,‘अनुसन्धानको क्रममा छ।’

उनी हिमालयन रोडिजका निर्णायक पनि हुन्। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। र्‍याप ब्याटल रअ बार्जबाट उनी चर्चामा आएका थिए।

उनको केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगयात गीतहरू चर्चित छन्। उनले ताण्डव सिनेमामा पनि खेलेका छन्।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *