२०८१ बैशाख ७ गते शुक्रवार

हाँस्य कलाकार मनोज गजुरेलले बिवाह गरे


दाङ, असोज २५ । हाँस्य कलाकार मनोज गजुरेलले बिबाह गरेका छन् । कानुन सेवाकी अधिकृत मन्जु पोखरेलसंग आँफूले विवाह गरेको गजुरेलले उल्लेख गरेका छन् ।

आफ्नो फेसबुक पेजमार्फत गजुरेलले डोलेश्वर मन्दिरमा सोमबार विवाह गरेको जानकारी दिएका छन् ।

गजुरेलको ४ वर्षअघि डिभोर्स भएको थियो । गजुरेलले निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने जस्ता कार्यहरु नगर्नपनि आग्रह गरेका छन् । त्यस्तै आफ्नो विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्न पनि अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०७८ असोज २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *