२०८१ बैशाख १३ गते बिहिवार

चर्चित भारतीय अधिकारकर्मी तथा लेखक कमला भासिनको निधन

काठमाण्डौ,असोज ९ । चर्चित भारतीय अधिकारकर्मी तथा लेखक कमला भासिनको निधन भएको छ ।

भासिनको ७५ वर्षको उमेरमा आज बिहान तीन बजे निधन भएको अभियन्ता कविता श्रीवास्तवलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ ।

भासिन क्यान्सर रोगबाट पीडित थिइन । भासिनको निधनले भारत र दक्षिण एसियाको महिला आन्दोलनमा धक्का पुगेको भन्दै कविताले कठिन परिस्थितिका बाबजुद पनि उनले जीवनलाई उत्सवमय बनाएको उल्लेख गरेकी छिन ।

महिला अधिकारको क्षेत्रमा ठूलो योगदान पुर्याएकी भासिनले ‘सङ्गत’ नेटवर्कमार्फत अभियान चलाएकी थिइन । भारतमा मध्यमवर्गीय महिलालाई बाँच्नको लागि निकै कठिन भएको भन्दै भासिनले भारतीय महिलालाई रोग, भोक र हिंसाबाट पीडित हुनबाट बचाउनुपर्ने अभियान चलाएकी थिइन ।

भासिनको ‘क्यों कि मे लड्की हूँ, मुझे पढ्ना है’ चर्चित कविता हो।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *