भदौ ६ । ‘केजीएफ २’को प्रदर्शन मिति तय भएको छ । सन् २०१८ मा रिलिज भएको कन्नड चलचित्र ‘केजीएफ’को सिक्वेल पनि ‘केजीएफ २’ प्रदर्शनका लागि तयार भैसकेको छ ।कोरोनाका कारण चलचित्रको प्रदर्शन मिति बारम्बार पछि सरिरहेको छ ।
यो चलचित्रलाई यो बर्षको जुलाई १६ मा रिलिज गर्ने तयारी गरिएको भएपनि कोरोनाको दोश्रो लहरको कारण चलचित्र रिलिज हुन सकेन ।
अब चलचित्रको प्रदर्शन मिति तय भएको मुख्य नायक यशले आइतबार ट्विटरमार्फत सार्वजनिक गरेका हुन् । यो चलचित्र सन् २०२२ को अप्रिल १४ बाट रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ । चलचित्रमा यशको साथमा संजय दत्त र रविना टन्डनको मुख्य भूमिका छ ।
प्रकाशित मिति : २०७८ भाद्र ६ गते आइतवार