२०८१ बैशाख ८ गते शनिवार

‘थोपडाले धोका दियो बरिलै’ बजारमा

सल्यान, असार २९। गायक भागिरथ चलाउनेको तीज गीत बजारमा आएको छ । ‘थोपडाले धोका दियो बरिलै’ गीतले बजारमा चर्चा कमाउन थालेको छ । गायक चलाउनेको यो गीतले दर्शक तथा श्रोतको मन जित्न सफल भएको छ ।

चलाउने र गायिका सुनिता बुढा क्षत्रीको स्वर रहेको गीत युट्युवको ट्रेनिङमा समेत परेको छ । युट्युव ट्रेनिङको २९ स्थानमा रहेको गीत टिकटकमा पनि धेरैले भिडियो निर्माण गरेका छन् । भागिरथ चलाउनेले आफ्नै युटुब च्यानल बाट गीत सार्बजनिक गरेका हुन् ।

प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा मोडेल करिश्मा ढकाल र गायक चलाउनेको अभिनय रहेको छ । गीतमा रामु पोर्थेलको शब्द, संगीत रहेको छ । बिष्णु शर्माले सम्पादन गरेको भिडियो साई भिजन प्रालिको ब्यानरमा निर्माण भएको हो ।

सल्यानमा जनिएर देश विदेशमा आफ्नो चर्चा बढाउन सफल गायक भागिरथ चलाउने गित संगित क्षेत्रमा निरन्तर क्रियाशिल छन् ।

प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *