
असार १९ । बलिउड अभिनेता आमिर खान र किरण रावको सम्बन्धविच्छेद हुने भएको छ । बिबाह भएको १५ वर्ष पछी दुबैजनाले सम्बन्धविच्छेद गर्ने भएका हुन् ।
आमिर र किरणले एक संयुक्त विज्ञप्ति जारी गर्दै दुवैको बाटो अलग हुन लागेको घोषणा गरेका हुन् । उनीहरुले आगामी दिनहरुमा पति-पत्निको सट्टा अलग-अलग जिवन जिउने घोषणा गरेका छन ।
उनीहरुले आगामी दिनमा पनि एकसाथ काम गर्ने घोषणा गरेका छन् । हामी हाम्रा सन्तानप्रति समर्पित हुने समेत बताएका छन् । किरण र आमिरको भेट फिल्मको सेटमा भएको थियो ।
यो आमिर खानको दोस्रो सम्बन्धविच्छेद हो । आमिरको पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो ।
प्रकाशित मिति : २०७८ असार १९ गते शनिवार