२०७८ बैशाख २५ गते शनिवार

वेब सिरिज ‘सतरञ्ज’ को ट्रेलर सार्बजनिक

दाङ, भदौ २१ । नेपालमा कोरोना संक्रमणले गर्दा चलचित्र लगाएतका क्षेत्रमा काम हुन सकेको छैन । लकडाउनका कारण कलाकार तथा प्राविधिक कामविहीन भएर बस्नुपरेको छ । यहि लकडाउनलाइ सदुपयोग गर्दै वेब सिरिज ‘सतरञ्ज’ को ट्रेलर सार्बजनिक भएको छ ।

३०० भन्दा बढी नेपाली चलचित्रमा द्वन्द निर्देशन गरिसकेका एन. बि. महर्जनले आफ्नो पहिलो वेब सिरिज ‘सतरञ्ज’ बनाएका हुन् । थ्रिलर सस्पेन्स जनरामा बनेको नेपाली वेब सिरिज हो ।

वेब सिरिजमा सम्पदा बानिया,दिवस धिताल, सुशील पोखरेल, ध्रुब कोइराला,प्रकास बुढाथोकी,अनिता केसी, बिशाल पहाडी, सरु नेपाल, सुदर्शन सिग्देल,पुनम गौतम, राजाराम गौतम,राज कुमार दर्जी, सोनी बिसी लगाएतको मुख्य भूमिका रहेको छ ।

गोकुल सुबेदी, मौनता श्रेष्ठ, एन. बि. महर्जनले निर्माण गरेको वेब सिरिज मौनता श्रेष्ठले लेखेका हुन् । प्रज्वल राउतले छयांकन गरेका छन भने शंकर महर्जनको द्वन्द रहेको छ, सम्पादन सुबाश देवकोटाले गरेका छन भने सिरिजलाई एन. बि. महर्जनले निर्देशन गरेका हुन् ।

२० देखि २५ मिनेट लामो हुने यस सिरिजको १३ भागसम्म बनेको बताइएको छ । छिटै नै वेब सिरिज ओएसआर डिजिटल मार्फत प्रशारण हुने निर्देशकले बताएका छन ।

प्रकाशित मिति : २०७७ भाद्र २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *